शिवराजका १२ विद्यालयका १९० बालबालिकालाई टिफिन सहयाेग

कपिलवस्तु ।

पाेषणमैत्री तथा स्वास्थ्यबर्धक खानाकाे लागि शिवराज नगरपालिकाका १ सय ९० जना विपन्न तथा जोखिममा रहेका बालबालिकाहरूलाई टिफिन वितरण गरिएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम मार्फत बालबालिकाहरूकाे शिक्षामा सहयाेग पुग्ने बताइएकाे छ ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गिफ्ट फन्डको सहयोगमा शिवराज नगरपालिकाका १२ वटा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाहरूलाई लक्षित गर्दै उक्त टिफिन वितरण गरिएको हो।

विभिन्न वडा कार्यालयहरूमा आयोजित कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षहरूले बालबालिकाहरूलाई टिफिन हस्तान्तरण गरेका थिए। वडा नं. १० की वडा अध्यक्ष मन्जु मिश्रा, वडा नं. ११ का वडा अध्यक्ष रमेश्वर वर्मा र वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँले आ-आफ्नो वडा कार्यालयबाट बालबालिकाहरूलाई सामग्री वितरण गरेका हुन्।

कार्यक्रममा शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पंजिकरण शाखा प्रमुख दिपक खड्काले दिवा खाजा बालबालिकाको लागी उर्जाको मुख्य स्रेत भएको बताएका छन ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कार्यक्रम अधिकृत ममता मिश्राले बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन यो अभियान चलाइएको बताइन्। उनले भनिन्, बालबालिकाहरूलाई नियमित विद्यालय उपस्थित गराउन र उनीहरूको सिकाइमा थप प्रोत्साहन गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमबाट शिवराज नगरपालिकाका वडा नं. ४,१० र ११ का जम्मा १२ वटा विद्यालयका बालबालिका लाभान्वित भएका छन्।

https://www.mayadevionline.com/2026/05/171939

Author

hari

Leave a comment

Your email address will not be published. Required fields are marked *