शिवराजका १२ विद्यालयका १९० बालबालिकालाई टिफिन सहयाेग

कपिलवस्तु । पाेषणमैत्री तथा स्वास्थ्यबर्धक खानाकाे लागि शिवराज नगरपालिकाका १ सय ९० जना विपन्न तथा जोखिममा रहेका बालबालिकाहरूलाई टिफिन वितरण गरिएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम मार्फत बालबालिकाहरूकाे शिक्षामा सहयाेग पुग्ने बताइएकाे छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गिफ्ट फन्डको सहयोगमा शिवराज नगरपालिकाका १२ वटा विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न बालबालिकाहरूलाई लक्षित गर्दै उक्त टिफिन वितरण गरिएको हो। विभिन्न वडा कार्यालयहरूमा आयोजित कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षहरूले बालबालिकाहरूलाई टिफिन हस्तान्तरण गरेका थिए। वडा नं. १० की वडा अध्यक्ष मन्जु मिश्रा, वडा नं. ११ का वडा अध्यक्ष रमेश्वर वर्मा र वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँले आ-आफ्नो वडा कार्यालयबाट बालबालिकाहरूलाई सामग्री वितरण गरेका हुन्। कार्यक्रममा शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पंजिकरण शाखा प्रमुख दिपक खड्काले दिवा खाजा बालबालिकाको लागी उर्जाको मुख्य स्रेत भएको बताएका छन । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कार्यक्रम अधिकृत ममता मिश्राले बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन यो अभियान चलाइएको बताइन्। उनले भनिन्, बालबालिकाहरूलाई नियमित विद्यालय उपस्थित गराउन र उनीहरूको सिकाइमा थप प्रोत्साहन गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। यस कार्यक्रमबाट शिवराज नगरपालिकाका वडा नं. ४,१० र ११ का जम्मा १२ वटा विद्यालयका बालबालिका लाभान्वित भएका छन्। https://www.mayadevionline.com/2026/05/171939

दुर्गेश नन्दनी आधारभूत विद्यालयमा २ कोठे भवनकाे शिलन्यास

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलन्यास गरिएको छ। विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यसहित निर्माण हुन लागेको भवनको शिलान्यास प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले गर्नुभएको हो। सिद्धार्थ सामाजिक विकास केन्द्र र शिवराज नगरपालिका वडा नं. ११ को कार्यालयको संयुक्त साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको कुल लागत ३६ लाख ६ हजार १ सय रुपैयाँ रहेको छ। जसअन्तर्गत सिद्धार्थ सामाजिक विकास केन्द्रले ३१ लाख ६ हजार १ सय रुपैयाँ तथा वडा कार्यालयले ५ लाख रुपैयाँ व्यहोर्ने वडा अध्यक्ष रामेश्वर बर्माले जानकारी दिनुभयो। शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक शाहले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विगतमा हिमाल, पहाड र तराईका लागि एउटै प्रकारका भवन निर्माण गर्ने नीतिका कारण धेरै विद्यालयले समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसार उपयुक्त संरचना निर्माण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सिद्धार्थ सामाजिक विकास केन्द्रले निःशुल्क शिक्षा अभियानमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले माध्यमिक तहसम्म निःशुल्क शिक्षालाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो। संस्थाका अध्यक्ष तिलाेचन घिमिरले शैक्षिक सुधारले नै समाजमा धेरै अन्य अवसरहरू सिर्जना गर्ने भएकाले शिक्षा र बालबालिकाकाे क्षेत्रमा कपिलवस्तुमा सघन रूपमा काम गरिरहेकाे जानकारी दिनुभयाे । भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गरिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभयो। कार्यक्रममा समाजसेवी प्रेम रायमाझी, केसरी जयसवाल लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। Read more news :

श्रमको ज्याला कतै एउटै कतै फरक Butwal Today

“श्रीमान् र श्रीमती काम एउटै गर्छन्, काम गर्ने समय पनि एउटै हुन्छ । तर, ज्याला फरक किन ?” – यो प्रश्न कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१० की कौसल्या रैदासको हो । https://butwaltoday.com/2025/11/15/wages-of-labour/

विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि

मंसिर ९ गते । चन्द्रौटा कपिलवस्तु शिवराज चन्द्रौटामा आज एक कार्यक्रम बिच दिप प्रज्वलन गरि महिला हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विभेद र हिंसा आआफ्नो घरबाट अन्त गर्नपुर्ने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के.सिले बताउनु भएको छ । बढ्दो सामाजिक संजालको विकास संगै दुरुपयोग बढेकोले यसलाई अत्यन्तै महत्वका साथ चलाउनुपर्नैमा लुम्बिनी प्रदेश सभा सदस्य के.सिले जोड दिनुभयो । विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि

गुलरियाका ८ सय ७२ जना किशोरी रुपान्तरण कक्षा लिंदै(Chure Kunja)

मुरली गोडिया, मंसिर १७, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकाका ८ सय ७२ जना किशोरीहरुले रुपान्तरण कक्षा लिइ रहेका छन । मेरो संसार, मेरो अधिकार, आफु र समाजलाई समेत कसरी हानिकारक अभ्यासबाट मुक्त गराई रुपान्तरण गर्न सकिन्छ भन्ने मुल उद्देश्यले कक्षा संचालन गरिएकोे हो । गुलरिया नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालय विमुख, आर्थिक विपन्नता, वालविवाह तथा लैगिंक हिंसामा परेका किशोरीलाई लक्षित गरि रुपान्तरण कक्षा संचालन गरिएको छ । सिदार्थ सामाजिक विकास केन्द्रको अगुवाई सुनौलो महिला बहुउद्धेशिय सहकारी संस्था लिमिटेड र गुलरिया नगरपालिका कार्यालयको समन्वय र युनिसेफ संस्थाको आर्थिक सहयोग मार्फत गुलरिया नगरपालिकामा विगत २ वर्ष देखि यो कक्षा संचालन भइरहेको छ । Read more :