गुलरियाका ८ सय ७२ जना किशोरी रुपान्तरण कक्षा लिंदै(Chure Kunja)
मुरली गोडिया, मंसिर १७, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकाका ८ सय ७२ जना किशोरीहरुले रुपान्तरण कक्षा लिइ रहेका छन । मेरो संसार, मेरो अधिकार, आफु र समाजलाई समेत कसरी हानिकारक अभ्यासबाट मुक्त गराई रुपान्तरण गर्न सकिन्छ भन्ने मुल उद्देश्यले कक्षा संचालन गरिएकोे हो ।
गुलरिया नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालय विमुख, आर्थिक विपन्नता, वालविवाह तथा लैगिंक हिंसामा परेका किशोरीलाई लक्षित गरि रुपान्तरण कक्षा संचालन गरिएको छ । सिदार्थ सामाजिक विकास केन्द्रको अगुवाई सुनौलो महिला बहुउद्धेशिय सहकारी संस्था लिमिटेड र गुलरिया नगरपालिका कार्यालयको समन्वय र युनिसेफ संस्थाको आर्थिक सहयोग मार्फत गुलरिया नगरपालिकामा विगत २ वर्ष देखि यो कक्षा संचालन भइरहेको छ ।
Read more :



