“श्रीमान् र श्रीमती काम एउटै गर्छन्, काम गर्ने समय पनि एउटै हुन्छ । तर, ज्याला फरक किन ?” – यो प्रश्न कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१० की कौसल्या रैदासको हो । https://butwaltoday.com/2025/11/15/wages-of-labour/
मंसिर ९ गते । चन्द्रौटा कपिलवस्तु शिवराज चन्द्रौटामा आज एक कार्यक्रम बिच दिप प्रज्वलन गरि महिला हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विभेद र हिंसा आआफ्नो घरबाट अन्त गर्नपुर्ने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के.सिले बताउनु भएको छ । बढ्दो सामाजिक संजालको विकास संगै दुरुपयोग बढेकोले यसलाई अत्यन्तै महत्वका साथ चलाउनुपर्नैमा लुम्बिनी प्रदेश सभा सदस्य के.सिले जोड दिनुभयो । विभेद र हिंसाको अन्त्य आआफ्नो घरबाट गर्नपुर्ने : प्रदेश सभा सदस्य के.सि
मुरली गोडिया, मंसिर १७, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिकाका ८ सय ७२ जना किशोरीहरुले रुपान्तरण कक्षा लिइ रहेका छन । मेरो संसार, मेरो अधिकार, आफु र समाजलाई समेत कसरी हानिकारक अभ्यासबाट मुक्त गराई रुपान्तरण गर्न सकिन्छ भन्ने मुल उद्देश्यले कक्षा संचालन गरिएकोे हो । गुलरिया नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालय विमुख, आर्थिक विपन्नता, वालविवाह तथा लैगिंक हिंसामा परेका किशोरीलाई लक्षित गरि रुपान्तरण कक्षा संचालन गरिएको छ । सिदार्थ सामाजिक विकास केन्द्रको अगुवाई सुनौलो महिला बहुउद्धेशिय सहकारी संस्था लिमिटेड र गुलरिया नगरपालिका कार्यालयको समन्वय र युनिसेफ संस्थाको आर्थिक सहयोग मार्फत गुलरिया नगरपालिकामा विगत २ वर्ष देखि यो कक्षा संचालन भइरहेको छ । Read more :